अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यासुन्दर र सुनिता डंगोलको वडामा बालेन तेस्रो

विद्यासुन्दर र सुनिता डंगोलको वडामा बालेन तेस्रो


काठमाडौं- काठमाडौंमा यसअघि एमालेबाट मेयर जितेका विद्यासुन्दर शाक्य र अहिलेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको वडाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

‘कोर एरिया’ मानिने वडा नम्बर २१ को एक हजार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन् ।

उक्त वडामा स्थापितले ३७३ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५५ मतसहित दोस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह भने २२३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

गणना भएको कुल मतमा भने बालेन साह निकै अगाडि छन् ।