तानसेन- पाँच दलीय गठबन्धनलाई हराउँदै पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेर आफ्नो विरासत जोगाएको छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,हजार ५सय ८६ मत ल्याई विजयी हुनुभएको छ । भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १ अजार ४४ मतान्तरले पराजित गर्नु भएको हो ।
यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,हजार ७ सय १९ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५ हजार ५८ मत लयाउनुभयो । ।





प्रतिक्रिया