अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसीपुरको मेयरमा मतान्तर बढाउँदै एमालेका टिकाराम खड्का

तुलसीपुरको मेयरमा मतान्तर बढाउँदै एमालेका टिकाराम खड्का


दाङ- तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काले मतान्तर बढाउनुभएको छ ।

तुलसीपुरमा ४६ हजार २४४ मत गणना भइसक्दा खड्काले मतान्तर बढाएर १७५७ मतले कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्नुभएको छ । खड्काले १९ हजार ६९९ मत पाउँदा गिरीले १७ हजार ९४२ मत ल्याउनुभएको छ ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कायम गर्दै लैजानुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीका उम्मदेवार जोगबहादुर रानालाई ५८०९ मतान्तरले पछाडि पार्नुभयो ।

स्यानीले १९ हजार ११५ मत प्राप्त गर्दा रानाले १३ हजार ३०६ मत पाउनुभएको छ ।