तनहुँ — जिल्लाको ब्यास नगरपालिका प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले १२ हजार ७८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा कांग्रेसबाट इन्दिरा दरै निर्वाचित हुनुभयो । दरैले १३ हजार ४९८ मत ल्याउँदा एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गर्नुभयो ।
२०७४ सालको निर्वाचनमा पनि ब्यासमा कांग्रेसले जित हासिल गरेको थियो र नगरप्रमुखमा न्यौपाने नै हुनुहुन्थ्यो ।





प्रतिक्रिया