भैरवहा- अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।
कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जानकारी दिनुभयो ।
‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भन्नुभयो, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’
विमान र रन(वेमा कतै पनि ठोक्किएको चराको अवशेष फेला नपरेपछि चरा विमानको इन्जिनभित्र पसेको हुन सक्ने शंकाले प्राविधिक जाँच गर्नका लागि विमान रोकिएको साहले बताउनुभयो ।
विमानको जाँचका लागि काठमाडौंबाट प्राविधिक आउने र सबै चेकजाँच गरेर विमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र उडान हुने छ ।







प्रतिक्रिया