काठमाडौं – उदयपुर र मोरङमा भएका दुई फरक घटनामा २ जनाको मृत्यू भएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ ।
आईतबार बिहान घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
यस्तै मोरङको बेलावारी नगरपालिका–५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतबार दिउँसो साँढे २ बजे जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुँदा करेट लागेको थियो ।
सो घटनामा टिपरका चालक सुन्दरहरैचा नगरपालिका–८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।







प्रतिक्रिया