सप्तरी – विजय उत्सव बनाउन सप्तरीको रुपनी गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामासमेत बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत अरविन्दकुमार चौधरीले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीले बिदाको सूचना पनि सार्वजनिक गर्नुभएको छ । जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहरूमा सार्वजनिक बिदा दिइएको उक्त सूचनामा उल्लेख छ ।
प्रतिक्रिया