अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एआईजीमा बढुवाका लागि ५ जनाको नाम सिफारिस, को कुन नंबरमा परे ?

एआईजीमा बढुवाका लागि ५ जनाको नाम सिफारिस, को कुन नंबरमा परे ?


काठमाडौं – गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिले डीआईजी उत्तमराज सुवदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको बताइएको छ । त्यस्तै, दोस्रोमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन् । उनीहरू प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहका ब्याची हुन् ।