अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विर्तामोडकी मेयर पवित्राको पदवहाली : गरिवलाई निशुल्क स्वास्थ्य विमा

विर्तामोडकी मेयर पवित्राको पदवहाली : गरिवलाई निशुल्क स्वास्थ्य विमा


झापा- झापाको विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महताराले पद बहाल गर्नुभएको छ । जिल्ला अदालत चन्द्रगढीमा पद तथा गोपनियताको सपथ गरे लगत्तै प्रसाईंले विर्तामोड स्थित नगरपालिका कार्यलयमा गएर पद बहाली गर्नुभएको हो ।
नगरप्रमुखको पद बहाल गरेपछि आफूले दुईवटा निर्णयमा हस्ताक्षर गरेको बताउनुभयो । यो बेलासँग कुरा गर्दै प्रसाईंले भन्नुभयो ‘गरिव परिवार पहिचान गरेर नगरपालिकाले निशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेकी छु ।’
दोस्रो निर्णयको रुपमा आफ्नो कार्यकाल पाँचवर्षको अवधीमा विर्तामोडका सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पु¥याउने निर्णय प्रसाईंले गर्नुभएको छ ।