उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१२ को मतगणना कार्य सुरु गर्न मुख्यनिर्वाचन अधिकृत माथि निकै दवाव बढेको छ।
नेकपा एमाले र नेपाली काँग्रेसले दवाव बढाएका हुन् । प्रमुख दलको उक्त मागमा नेकपा माओवादी केन्द्र, अन्य साना दल र स्वतन्त्र समुहले समर्थन गरेका छन् । दलहरुले दैनिकजसो मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गर्दै नाराजुलुस प्रर्दशन गरेका छन् ।
उनीहरुले मतगणना कार्य रोक्नु कुनै कारण नै नभएकाले यथाशिघ्र सुरु गर्न माग गरेका छन् । घेराउ कार्यक्रममा एमाले अध्यक्ष परमेश्वर घिमिरेले लहडको भरमा पुनःमतदानको प्रकृया अघि सारे दुर्घटना हुन सक्ने चेतावनी दिनु भयो । उहाँले भन्नुभयो, ‘मतदान प्रकृया चलिरहेको बेला आफै असहज परिस्थिति सृजना गर्ने अनी धाँधली गर्न पुनः मतदान गर्नुपर्ने कसै–कसैको भनाइबाट प्रभावित नभइ झरेको मतलाई गणना गर्नुपर्छ ।’
अध्यक्ष घिमिरे भन्नुहुन्छ, ‘निर्वाचन आयोग र मुख्यनिर्वाचन अधिकृतलाई निर्णय गर्न कसले बाधा पुर्यायो, कसैको दवाव र प्रलोभनमा नपर्नुस संम्भावित खतराबाट जोगिन गणना नै उपयुक्त विधी हो । मतगणना कार्य बढाउनु पर्ने एमाले र काँग्रेस दुबै पार्टीको वटमलाइन छ ।’
काँग्रेसका जिल्ला सभापति हिमाल कार्कीले मतगणना कार्य सुचारु गर्न माग गर्नुभयो । उहाँले मतगणना कार्य तत्काल सूचारु नगरिए नेपाली काँग्रेस उदयपुर आन्दोलनमा जान बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जिम्मा लिन नसक्ने चेतावानी दिनु भयो।
मतगणना गर्ने भन्ने विषयमा यतिका दिनसम्म कुनै निर्णय हुन नसक्नुले विभिन्न आशंकाहरु समेत पैदा गरेको र लामो समयसम्म अनिर्णित अवस्था रहनु दुर्भाग्र्यपूर्ण रहेको कार्कीले बताउनु भयो । यता नेकपा माओवादी, नेकपा एस लगायतका केही साना दलले भने निर्वाचन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
दश दिन वित्न लाग्दासमेत बिबाद किनारा लाग्न सकेको छैन । सहमतिको प्रयासका लागि मुख्यनिर्वाचन अधिकृतले सर्वदलिय बैठक बोलाए पनि दलहरुले आफ्नो वटमलाइन नछोडदा निष्र्कषमा पुग्न सकेको छैन।
देशभर मतगणनाको परिणाम आइसक्दा समेत हालसम्म प्रकृया सुचारु गर्न नसक्नु आयोगको लापरवाही भएको स्थानीयको भनाइ छ ।





प्रतिक्रिया