अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा


नवलपुर – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोती नगरपालिका-८ कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्याम्बरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।

बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।