राजु पोख्रेल
गौरादह- गौरादहका नवनिर्वाचित मेयर छत्रपति सुवेदीले आफू नेकपा एमालेको मात्र नभइ सम्पूर्ण गौरादबासीको मेयर भएका् बताउनुभएको छ ।
मेयरमा निर्वाचित भएपछि विजय जुलुस मनाउने क्रममा सुवेदीले गौराहदमा आयोजितत कार्यक्रमलाई सम्बोधन गर्दै सबै विपक्षीहरुलाई पनि हिजोको प्रतिष्पर्धालाई बिर्सिएर नगरको विकासमा एकजुट आह्वान गर्नुभयो ।
‘हिजो हामी विभिन्न पार्टीबाट चुनाव लड्यौं । त्यो एउटा कानुनी प्रक्रिया थियो’ मतदाताहरुको बधाइ ग्रहण गर्दै सुवेदीले भन्नुभयो ‘अब नगरको विकासका लागि सबै पार्टी एकजुट भएर लाग्नु पर्दछ ।’
एमालेको गढको रुपमा रहेको गौरादह विगतमा मतदाताको भुलचुकका कारणले मेयर पद गुमाउनु परेको सुवेदीले स्मरण गर्नुभयो । ‘यो चुनावमा मतदाताहरुले विगतको भुलचुक पनि सुधार गर्नुभएको छ ’ सुवेदीले भन्नुभयो ‘अब चुनाव सकियो सबै लागेर गौरादहको विकास र समृद्धिमा लागौं । ’





प्रतिक्रिया