झापा -अघिल्लो पटकको निर्वाचनमा काँग्रेसले जितेको पूर्वी सिमावर्ती मेचीनगर नगरपालिका यसपटक एमालेले जितेको छ ।
मेयरमा एमालेका गोपाल बुढाथोकी र उपमेयरमा मीना उप्रेती विजयी हुनुभएको छ । बुढाथोकीले २६ हजार ४ सय ७८ मत ल्याउँदा काँग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत पाउनुभएको छ ।
यसैगरी उपमेयर उप्रेतीले २१ हजार५ सय ९० मत ल्याउँदा माओवादीका प्रशान्त भण्डारीले १२ हजार ८ सय १८ मत ल्याउनुभएको छ । अघिल्लो पटक काँग्रेसले जितेको यो नगरपालिका यसपाली एमाले एक गठ भएर फिर्ता ल्याएको हो । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर मेचीनगर नगरपालिकामा एमालेले विजयको झण गाडेको हो । शर्माको वडा नं ९मा पनि काँग्रेस पराजित भएको छ ।





प्रतिक्रिया