धुलिखेल -धुलिखेल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीको पहिलो बैठकले अशक्तहरुलाई निशुल्क एम्बूलेन्स सेवा दिने निर्णय गरेको छ ।
मेयर अशोक व्याञ्जुका अनुसार ज्येष्ठ नागरिक,गर्भवती,सुत्केरी र विपन्न गरिबलाई निशुल्क एम्बूलेन्स सेवा दिने निर्णय गरिएको हो ।
यसैगरी वडा कार्यलयहरुमा पनि विद्युतीय हस्ताक्षर साउन १ गतेबाट लागु गर्ने निर्णय बैठकले गरेको छ । बैठकले छुवाछुत अन्त्य,आर्थिक,सामाजिक गरिवी निवारण गर्द दलित मैत्री धुलिखेल बनाउने निर्णय समेत गरेका व्याञ्जुले जानकारी दिनुभयो ।





प्रतिक्रिया