लाहान- सिरहाको गोलबजार नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी एमालेका श्यामकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
श्रेष्ठले ७ हजार ९सय ८ मत ल्याई विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० उम्मेदवार देव नाथ साहलाई २हजार २सय ७ मतान्तरले पराजित गर्नुभएको हो ।
पराजित देव नाथ साहले ५,७०१ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकै उम्मेदवार मान्ती साह ७हजार ७सय ३ मत सहित विजयी हुनुभएको छ । साहकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५हजार ६सय ४३ मत पाउनुभएको छ ।





प्रतिक्रिया