काठमाडौं – मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्बाट पारित नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, लोकप्रिय कार्यक्रमलगायतमा केन्द्रित रहेको बताइएको छ । सरकारले मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।





प्रतिक्रिया