उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनु भयो ।
त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क, ख, ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।
विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुनस्मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।





प्रतिक्रिया