काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि यौन दुर्व्यवहार आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यौन दुर्व्यवहार भएको भन्दै छात्राहरूले शिक्षकविरुद्ध किटानी जाहेरी दिएसँगै तीनजनालाई महानगरीय प्रहरी बृत्त गौशालाले नियन्त्रणमा लिएको हो।
प्रहरीले उक्त कलेजको म्यानेजमेन्ट संकायका मर्निङ कोअर्डिनेटर जनार्दन अधिकारी, कलेजका प्रमुख केशव दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई नियन्त्रणमा लिएसँगै पीडित भनिएका छात्राहरुका अभिभावक पनि अहिले प्रहरी बृत्त गौशालामा पुगेका छन्।
तीनजनालाई नियन्त्रणमा लिएसँगै विद्यार्थीहरु पनि नारा लगाउँदै गौशाला वृत्तमा पुगेका छन्। यौन दुर्व्यवहारमा संलग्न शिक्षकमाथि जाहेरी परेसँगै प्रहरीले नियन्त्रणमा लिएकासहित अन्यमाथि समेत अनुसन्धान अघि बढाएको हो।
प्रतिक्रिया