अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराको पचरौता नगरपालिकामा एमाले विजयी

बाराको पचरौता नगरपालिकामा एमाले विजयी


बारा – बाराको पचरौता नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार हजार ७३२ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार निवर्तमान मेयर रमेशकुमार यादवले ४ हजार चार ४६१ मत ल्याउनु भएको थियो ।

यस्तै, उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उपमेयरको निकटतम प्रतिद्वन्द्धी लोसपाबाट उम्मेदवार बनेकी सगुफा खातुनले ४ हजार १६३ मत पाउनु भएको छ ।