काठमाडौं – नेकपा एमालेका एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले आज संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी गर्नु भएको छ ।
एमाले उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रमाथि प्रतिक्रिया दिदै भन्नुभयो, ‘इतिहासकै सवैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’
उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रम पेश हुँदा एउटा पनि ताली नबजेको भन्दै कार्यक्रममा जे कुरा समेटिनुपर्ने थियो त्यो नसमेटिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जे हुनुपथ्र्यो भएन । देश आर्थिक कुटनीतिक हिसावले अप्ठेरोमा छ । तर हामी अप्ठेरोमा छौं यसरी अघि बढ्छौँ भन्ने कार्यक्रममा केही छैन ।’





प्रतिक्रिया