काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न जटिल भएको टिप्पणी गर्नु भएको छ ।
संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न नसकिने बताउनु भयो ।
‘कतिपय कुरामा पुरानाको निरन्तरता छ,’ नेता पाण्डेले भन्नुभयो, ‘यसमा गर्न सकिने र नसकिने जम्मै कुरा हालिएको छ । यो कुरा बजेटले सुनिश्चित नगरेसम्म कार्यान्वयनको कुनै टुंगो छैन । यसले राखेको लक्ष्यलाई पैसामा जोड गरेर हाल्यो भने यसले २५ खर्ब माग गर्छ । हाम्रो कोषमा पाँच खर्ब पनि पैसा छैन।’





प्रतिक्रिया