धनकुटा – प्रहरीको कुटाईबाट नेकपा एमालेका एक कार्यकर्ता गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा शहिदभूमि गाउँपालिका वडा नं।६ माङ्तिनका ३३ बर्षिया निरन साङ्सनुन राई रहेका छन् ।
राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेको छ । राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर पठाईएको छ ।
प्रहरीका अनुसार एमालेको गएको ८ गते भएको चुनावी बिजय ¥यालीमा भएको आक्रमणको प्रत्याक्रमणको रुपमा राईको नाममा उजुरी परेकोले प्रहरीले पक्राउ गर्ने क्रममा उक्त घटना भएको हो ।
यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।







प्रतिक्रिया