कास्की- पोखरा महानगरपालिकामा नेकपा एसका धनराज अचार्य मेयरमा निर्वाचित हुनुभएको छ । उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित हुनुभएको छ ।
आचार्य ५८हजार ८सय ९३ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२हजार ८सय ४८ मत प्राप्त गर्नुभयो ।
६० हजार ५सय ४६ मतका साथ उपमेयरमा गुरुङ विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६हजार ६ सय ६३ ल्याउनुभयो ।





प्रतिक्रिया