दमक -पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको धरमपुरमा भएको दुर्घटनामा मृत्यू हुनेमा एकजन प्रहरी जवान र एकजना भर्खरै म्यादी प्रहरीबाट विदा भएका युवा रहेका छन् ।
जिल्ला प्रहरी कर्यालय झापाका अनुसार मोरङ जिल्ला पथरी शनिश्चरे ८ निवासी २६ वर्षीय प्रकाश राई र भोजपुर जिल्ला षडानन्द नगरपालिकाका २६ वर्षीय जितुहाङ राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। राई जिप्रका झापामा कार्यरत हुनुहुन्थ्यो भने जितुहाङ म्यादीबाट भर्खरै विदा हुनु भएको थियो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा बुधवार बिहान को १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।







प्रतिक्रिया