अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतबार बिदा र तेलको मूल्यवृद्धि फिर्ताको माग राख्दै पुण्य गौतम आमरण अनशनमा 

आइतबार बिदा र तेलको मूल्यवृद्धि फिर्ताको माग राख्दै पुण्य गौतम आमरण अनशनमा 


काठमाडौं – जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै भाइरल म्यान पुन्य गौतमले आजबाट अनशन सुरु गर्नु भएको छ ।

हालै एमाले प्रवेश गर्नुभएको गौतम गोकर्णेश्वर नगरपालिका वडा-६ को कार्यालय अगाडि अनशन बस्न लाग्नुभएको हो । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गर्नुभएको छ ।

सुरुको चरणमा उहाँलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने हुनुभएको छ । आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताउनुभयो ।

पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने गौतमको पहिलो माग छ । दोस्रो बुँदामा उहाँले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राख्नुभएको छ ।

यसैगरी, सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने पनि उहाँको माग छ ।