अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे छलफल गरिने

एमाले संसदीय दलको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे छलफल गरिने


काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बुधबार अपराह्न ३ बजेका लागि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा बैठक तय गरिएको हो ।

उक्त बैठकमा सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे छलफल गरिने बताइएको छ । साथै बुधबार जारी बजेट अधिवेशनबारे छलफल हुने बताइएको छ ।