उदयपुर – उदयपुरको कटारी नगरपालिकामा गठबकटारीको १४ वडामध्ये आधामा एमाले वडाध्यक्ष विजयी
कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली कांग्रेसको राजेशचन्द्र श्रेष्ठले ६४१७ मत ल्याएर विजयी हुनु भएको छ । उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काले ६४१३ मतका साथ विजय हाँसिल गर्नु भएको हो।
प्रमुखमा विजयी श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनु भएको हो । बराल नेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नु भएको हो । बरालले ५९५२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले ५७१५ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा विजयी एमालेकी खड्काले फराकिलो मत अन्तरमा जीत हात पार्नुभयो । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फको नेकपा माओवादी केन्द्रको विनोदकुमार कटुवालले ३८२१ मत प्राप्त गर्नुभयो।
१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष कांग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा एकिकृत समाजवादी र १ वटा नेकपा माओवादी केन्द्रले जितेको छ ।
वडा-१ मा एमालेका पदमलाल मगर, वडा-२ मा काङ्ग्रेसका प्रेमबहादुर क्षेत्री, वडा-३ मा कांग्रेसकै पुष्कर खड्काले जितेका छन् । त्यस्तै वडा-४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा-५ मा एमालेका मोहनबहादुर तामाङ, वडा-६ मा एमालेका प्रेमबहादुर मगर, वडा-७ मा काङ्ग्रेसका सुविन डुङ्गाना, वडा-८ मा स्वतन्त्र उम्मेदवार नविन्द्रकुमार तामाङले जितेका छन् ।
त्यस्तै वडा-९ मा नेकपा एसका बेगबहादुर आले मगर, वडा-१० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा-११ मा एमालेका अनन्त हायु, वडा-१२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा-१३ मा एमालेका सम्भु श्रेष्ठ र वडा-१४ मा एमालेकै अम्बरबहादुर मगरले जितेका छन् ।
गठबन्धनले जितेको छ भने बेलका र कटारी नगरपालिकामा प्रमुख पद गठबन्धनले जित्दा उपप्रमुख भने एमालेले जितेका छन् । चौदण्डीगढी नगरपालिकामा भने दुबै प्रमुख पद एमालेको जित भएको छ ।





प्रतिक्रिया