अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा बालेन साह र सुनिता डंगोल विजयी

काठमाडौंमा बालेन साह र सुनिता डंगोल विजयी


काठमाडौं- महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो ।

साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८हजार ३४१ मत ल्याउनुभयो भने एमालेको केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनुभयो ।
महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुनुभयो । डंगोलले ६८ हजार ६१२ ल्याउनुभयो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका छन् । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।