अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाघको आक्रमणबाट बालकको मृत्यू

बाघको आक्रमणबाट बालकको मृत्यू


अर्घाखाँची -अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको सन्धिखर्क नगरपालिका ४ मा बिहीबार साँझ चितुवाले आक्रमण गर्दा गुल्मी घर भई सन्धिखर्कस्थित मामाघर बस्दै आएका ७ वर्षीय सम्राट नेपालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बालक मामा लालबहादुर नेपालीको घरमा बसेर पढ्दै आएका थिए। उनी स्थानीय भगवती आधारभूत विद्यालयका कक्षा २ का विद्यार्थी थिए।

बिहीबार दिउँसो स्कुलबाट आएपछि घर नजिकै खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको थियो।

उनको शव घरबाट करिब १ किमी टाढा क्षतविच्छद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बायाँतर्फको खुट्टा र तिघ्रो खाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अम्मर थापाले जानकारी दिनुभयो।

चितुवाले बालकलाई मारेपछि स्थानीयबासी त्रसित बनेका छन्।