अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीको भनाईमा आपत्ति जनाउँदै एमालेद्धारा संसद् बैठक अबरोध

मन्त्रीको भनाईमा आपत्ति जनाउँदै एमालेद्धारा संसद् बैठक अबरोध


काठमाडौं – नेकपा एमाले सांसदले शुक्रबार बसेको संसद् बैठक अबरोध गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले सार्वजनिक महत्वका विषयमा बोल्न समय माग गरेर बोल्ने क्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै अभिव्यिक्ति राखेकोमा एमाले सांसदले आपत्ति जनाउनुभएको हो ।

उहाँहरूले मन्त्रीले बोलेका शब्द रेकर्डबाट हटाउन आग्रह गर्नुभएको छ भने मन्त्रीले लगाएको आरोप छानविन गर्न समिति बनाउन पनि माग गर्नुभएको छ । यसैबिच बैठक सभामुखले १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।