अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा कांग्रेसलाई सहयोग गरेको आरोपमा अध्यक्षमा निर्वाचित महर्जन माओवादीबाट निष्काशित

चुनावमा कांग्रेसलाई सहयोग गरेको आरोपमा अध्यक्षमा निर्वाचित महर्जन माओवादीबाट निष्काशित


काठमाडौँ – नेपाली कांग्रेससँग बिक्री भएको भन्दै नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका एक नेतालाई निष्काशित गरेको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा-५ मा निर्वाचित भएका वडा अध्यक्ष राजेन्द्र महर्जनलाई माओवादीले पार्टीबाट निष्काशन गरेको हो ।

नगर कार्यपालिकाको चुनावमा महर्जनले पैसा नै लिएर कांग्रेसलाई सहयोग गरेको आरोप माओवादीले लगाएको छ । पैसाकै लेनदेन गरेर पार्टी निर्णय उलंघन गरेको भन्दै माओवादीले वडा अध्यक्षलाई पार्टीबाट निष्काशन गरेको स्रोतले जनाएको छ ।

माओवादीले महर्जन गरेको गतल निर्णयका कारण माओवादीले चाहेको नतिजा नगरपालिकाको निर्वाचनमा नआएको चन्द्रागिरी नगरकमिटीका अध्यक्ष देवकृष्ण महर्जन र इन्चार्ज गणेशबहादुर कुँवरले बिहीबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार बसेको चन्द्रागिरी नगरकमिटीको सचिवलय बैठकको निर्णय अनुसार महर्जनमाथि कारबाही गरिएको हो । साथै माओवादीले प्रदेश समिति सदस्य रविन्द्र रिजाल र नगर कमिटी सचिव नन्दकुमार महर्जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गर्नको लागि बागमती प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।