अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुल्यो भक्तपुरको तलेजु

खुल्यो भक्तपुरको तलेजु


काठमाडौं – १४ महिनाअघिदेखि बन्द रहेको भक्तपुर तलेजु परिसर सर्वसाधारणको लागि खुला गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनानुसार बिहीबारदेखि भक्तपुर तलेजु सर्वसाधारणको लागि खुला भएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

खुला भएसँगै भक्तपुर तलेजु परिसरको भ्रमण तथा अवलोकन गर्ने सर्वसाधारणसँगै आन्तरिक र बाह्य पर्यटकहरु बढेको उहाँले बताउनुभयो ।

वर्षौंदेखि आस्थाको धरोहर भक्तपुर तलेजु बन्द हुँदा सर्वसाधारणहरुले विरोध गर्दै आएका थिए । उनीहरुले कोरोना भाइरस संक्रमण मत्थर भएर सरकारले नै सबै बन्देजात्मक तथा निषेधात्मक आदेश खारेज गरिसकेको अवस्थामा भक्तपुर तलेजुमात्रै बन्द गर्नु अशोभनीय भएको बताउँदै आएका थिए ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र भएपछि २०७७ चैतदेखि भक्तपुर तलेजुमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको थियो ।