काठमाडौँ – फेसबुकमार्फत साथी बनेकी युवतीका तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन् ।
प्रहरीले साइबर ब्यूरोले प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । उनी धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए ।
रौतहटको भवानीपुर गाउँपालिका-४ घर भएका २७ वर्षीय यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका गोप्य तस्बिर लिएका थिए । पछि तिनै तस्बिरहरू सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । त्यसविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ ।
प्रतिक्रिया