अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले एक चीन नीति छाडेको हो ? : ईश्वर पोखरेल

सरकारले एक चीन नीति छाडेको हो ? : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका सांसद ईश्वर पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे आज संसदमा टिप्पणी गर्दै सरकारले एक चीन नीति छाडेको भन्दै प्रश्न उठाउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘के नेपालले एक चीन नीति छाडेको हो ? छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता छाडेको हो ? अमेरिकी मन्त्री कसरी तिब्बती शरणार्थी क्याम्पमा पुगिन्रु परराराष्ट्र मन्त्रालयले यसबारेमा थाहा भएन भन्नु गैरजिम्मेवारपूर्ण कुरा हो।’

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमणलाई लिएर सरकार आफ्नै सहकर्मी र प्रतिपक्षीको घेराबन्दीमा परेको छ।

बिहीबारको संसद बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले उज्रा जिया तिब्बती शरणार्थी क्याम्पमा पुगेको बारे प्रश्न उठाए लगत्तै एमालेले पनि त्यही कुरा दोहोर्‍याएको छ।