काठमाडौं – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योल खालको भएको बताउनु भएको छ ।
राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिनु भएको छ ।
उहाँले भन्नुभयो, ‘सरकारको आर्थिक नीतिको बारेमा नीति तथा कार्यक्रमलाई हेर्दा अन्योलग्रस्त छ। यो एउटा कुहिरोको काग जस्तो भयो। सरकारले निजीकरणलाई प्राथमिकतामा दिएको देखियो। त्यसैले यहाँनेर प्रश्न गर्न चाहन्छु- यो राजकीय भूमिका हो कि, निजी क्षेत्रलाई प्राथमिकतामा राखेको हो ?’
उहाँले नीति तथा कार्यक्रममा आर्थिक नीतिको स्पष्टता आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार निजगढ विमानस्थल बनाउनबाट भागिरहेको आरोपसमेत लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘आर्थिक नीतिको स्पष्टता आवश्यक छ। अहिलेको नीति तथा कार्यक्रमले हामीलाई समाजवादतर्फ जैजादैन । यो सरकारले सीमा, राष्ट्रिय रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्दैन। सरकार किन कालापानी, लिपुलेक, लिम्पियाधुरा किन हाम्रो हो भन्न डराउँछ ? त्यो समेट्नपर्छ। अर्को वर्षदेखि निजगढ विमानस्थल बनाउने भनेसँगै यो सरकार निजगढ विमानस्थल निर्माण गर्नबाट भाग्दैछ। यो सरकारले भन्नु र अदालतले अनाधिकृत रुपमा निर्णय गरेको छ। अदालत कार्यकारी हो ?, न्यायिक निर्णय गर्ने ठाउँ हो कि, कार्यकारी भुमिका खेल्ने ठाउँ हो। सरकारले जुन निजगढ विमानस्थलको बारेमा निर्णय गरेको छ, धेरै आपत्तिजनक छ ।’





प्रतिक्रिया