काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १ हजार १४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया