अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटना


काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा परी घाइते हुनु भएको छ । उहाँको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उहाँ चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार उहाँ सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उहाँको दाहालको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेपछि उहाँलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उहाँको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।