अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते

स्याङ्जामा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर एक युवती घाइते


स्याङ्जा – प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते भएकी छन् ।

भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनु भयो ।

प्याराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ । स्वरेक मैदानमा नियमित रुपमा प्याराग्लाइडिङ उडाउने गरिन्छ ।