अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ

७ करोड बार्गेनिङ गरेको आरोपमा ७ जना पक्राउ


काठमाडौं – धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।

योजनावद्ध तरिकाले पीडितलाई धेरै पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगाका २१ वर्षका सुजन आचार्य, कालीकोटका २९ वर्षका टेक विक, बझाङका २९ वर्षका धर्मराज थापा, काभ्रेपलाञ्चोकका ३३ वर्षका उमेश भण्डारी, गुल्मीकी २९ वर्षकी बसन्ता खनाल, चितवनका ३२ वर्षका सुरज शर्मा र काठमाडौं सिनामंगलका ३३ वर्ष श्रवण कार्की रहेका छन् ।