अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु


सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अपताल इनरुवा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।