अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभामा आज आर्थिक सर्वेक्षण पेश हुने,भोली बजेट

प्रतिनिधीसभामा आज आर्थिक सर्वेक्षण पेश हुने,भोली बजेट


काठमाडौं- प्रतिनिधिसभामा शनिवार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ ।

बैठकमा हिजो नै लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्नुहुने कार्यक्रम छ ।

भोली अर्थात जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्ने कार्यक्रम छ ।

गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।