दाङ – दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ।
बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर १ बौराहका २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
उनको घाँटीमा गोली लागेको छ। घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया