अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

पोखराका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

निर्वाचन आयोगको बदनियतका कारण मत बदर भएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले स्पष्टिकरण सोधेको हो।

आचार्यले प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारणले ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको अभिव्यक्तिप्रति स्पष्टीकरण सोधेको हो।

मेयर आचार्यलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

नवनिर्वाचित मेयर आचार्यलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ।