अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनको तथ्यसहित बहस गरौं

निर्वाचनको तथ्यसहित बहस गरौं


२०७४ को आम निर्वाचनपछि संसद र सार्वजनिक स्थलमा नेपाली कांग्रेसको मनस्थितिलाई हेरेर एमालेले एकोहोरो अनुरोध गरिरह्यो – ‘यो निर्वाचनबाट परिणाम तपाईहरूको पक्षमा आएन । यो सत्यलाई स्वीकार्नुस् । हिजोको रजगज संझिएर कुण्ठित नहुनुस् ।’ अहिले कांग्रेस त्यही भाषा दोह¥याउँन खोज्दैछ । एमालेलाई भन्दैछ– ‘हार स्वीकार गर । नेकांको फेरिएको हैसियतलाई ‘सलाम’ गर ।’

कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी छ । ‘बढी’ लाई एमालेले ‘घटी’ भनि रहेको छैन । एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– नेकांको खातामा आएको त्यो ‘पूँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ ?’

जहाँको प्रतिस्पर्धामा ‘रुख वा हसिया–हतौडा वा कलम वा छाता/साइकल’ मध्ये एउटा मात्र अरुसंगको प्रतिस्पर्धामा छ, त्यो गठबन्धन नै त होला । या ति मध्ये २ वा २ भन्दा बढी चिन्ह गायब भई कुनै एउटा मात्र ‘सूर्य’संग प्रतिस्पर्धा गरेको भए त्यो पनि गठबन्धन नै त होला ।

अहिले कांग्रेसका नेताहरूले के भनिरहनु भएकोछ, त्यो भन्दा जब्बर तथ्य निर्वाचन आयोगको ‘रेकर्ड’ हो । रेकर्डले देखाउँछ– ७५३ मध्ये ३११ स्थानीय तहमा नेकाँ सहितको पाँच दलीय गठबन्धन छ, ३०७ स्थानमा नेकाँ सहितको २ वा ३ दलीय गठबन्धन देखिन्छ । एमाले, कांग्रेस र माके एक्ला एक्लै प्रतिस्पर्धा गरेको स्थान १३५ मात्र देखिन्छ ।

यो निर्वाचनमा एमाले ‘अघि कि पछि’ भन्ने मुद्धाको छिनोफानो गर्न यो पक्षलाई ख्याल गर्नु परेन? यदी गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धन भित्रका दलहरू बीच के कसरी अंशबण्डा भएको छ, त्यो ती दलहरूको आन्तरिक विषय हो । यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो । यो तथ्य स्वीकार्न साथीहरूमा आनाकानी किन ? यदी कांग्रेस आफुलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफुले ‘सहयोगी’बाट लिएको ’सापटी’ कति हो छुट्याउन परेन? सावाँ, सापटी, व्याज सबै एक्लै कांग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?

यदी लोकप्रीय मतको हिसावमा जाने हो भने जसरी हिसाब गरे पनि एमाले पहिले दल हो भन्न साथीहरूलाई किन आँट नआएको? पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाव गर्ने हो भने मेयर÷अध्यक्षहरूको कुल १ करोड १२ लाख ८ हजार १९५ मतको ३४ प्रतिशत (३८०९६९८) एमालेको छ ।

कांग्रेसको ३३.३ प्रतिशत र माओवादी केन्द्र (माके)को ११.९ प्रतिशत छ । उपमेयर÷उपाध्यक्षको कूल १ करोड, ४ लाख ६० हजार ८५३ मत मध्ये ३५.१ प्रतिशत (३६६८२५५) एमालेको पक्षमा छ । गठबन्धन गरिएको सबै पदमा सबै नउठेको भन्ने तर्कमा जाने हो र दुवै पदमा खसेको सदर मतको औसत र दलहरूले पाएको मतको औसत निकाल्ने हो भने पनि कूल १ करोड ८ लाख ३४ हजार ५२४ मतको ३५ प्रतिशत (३७३८९७७) एमाले र ३० प्रतिशत नेकाँको देखिन्छ ।

नेकपा एमालेबाट चोइटिएको नेकपा ’एस’को जम्मा मत ४ प्रतिशत छ । ’एस’को ४ प्रतिशत पनि सबै उसको होइन, काङ्रग्रेस र माओवादी गठबन्धनबाट पाएको हो भन्ने अनुमान गर्न मिल्ला नी! त्यस्तै काङ्ग्रेसले पनि ‘एस’को एकतिहाइ पायो होला । कुल मतमा एस’को एकतिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा काङ्रग्रेसको ३२ प्रतिशत मात्र रहन्छ । अझ माओवादीबाट पाएको लाभको अनुमानित ३ प्रतिशत कटाउँदा काङ्ग्रेस २९ प्रतिशतमा झरने ?

आधार के लाई मान्ने? के को आधारमा नम्बर १ भन्ने? के लाई हार वा जीत भन्ने? सिधा जोडे पनि, छड्के जोडे पनि लोकप्रीय मतको हिसाबले एमाले पहिलो त देखियो–देखियो । आउनुस् न तथ्य सहित बहस गरौं । ‘चिट पनि मेरो, पट पनि मेरो, अण्टी मेरो बाऊको’ भने जस्तो नगरौं ।