अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न सकेन : गोकर्ण विष्ट

गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न सकेन : गोकर्ण विष्ट


काठमाडौं – नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताउनु भएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताउनु भएको हो । सचिव विष्ट भन्नुभयो, ‘यो चुनावी सरकार हो । अबको ५/६ महिनामा अर्को सरकार आइहाल्छ कि भनेर हुनसक्छ । त्यहीकारण, सरकारले नीति तथा कार्यक्रममा नयाँ योजना समेट्न सकेको छैन ।’

देशको अर्थतन्त्रले सामाना गरिरहेको संकटको सामना गर्ने गरी नीति तथा कार्यक्रम नआएको उहाँको भनाइ छ ।