अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावामा उडेको नीति तथा कार्यक्रम, भ्रमको पुलिन्दा मात्रै : एमाले सचिव अर्याल

हावामा उडेको नीति तथा कार्यक्रम, भ्रमको पुलिन्दा मात्रै : एमाले सचिव अर्याल


काठमाडौं – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री पद्ममा अर्यालले सरकारको नीति तथा कार्यक्रम यथार्थमा भन्दा हावामा उडेको बताउनु भएको छ । उहाँले नीति तथा कार्यक्रम भ्रमको पुलिन्दा रहेको बताउनु भयो।

विगतको सरकारले एतिहासिक तथ्य र प्रमाणको आधारमा नै नेपालको नक्सा अध्यावधिक गरिएको बताउनु भयो । संसदबाट पारित भएको विषयलाई कार्यन्वयन गर्ने वर्तमान सरकारले प्रतिवद्धता व्यक्त गर्नु पथ्र्यो सरकार चुकेको बताउनु भयो ।

नक्सा समेटिएको क्षेत्रफल जारी गर्ने कुरामा सरकार किन चुकेको भन्दै प्रश्न गर्नुभयो । उहाँले क्षेत्रफल जारी गर्दै अकुपाई गर्ने प्रवन्ध मिलाइयोस् भन्ने माग गर्नुभयो ।

उहाँले मुलुकभन्दा ठूलो सरकार हुन नसक्ने भन्दै नीति तथा कार्यक्रममा नक्सामा समेटिएको विषय प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनु भयो ।

नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसकेको उहाँले बताउनु भयो । अघिल्लो सरकारले नै ल्याएका कृषी बीमा, पशु बीमा लगायतका कार्यक्रमको निरन्तरता दिएपनि नयाँ केही आउन नसकेको बताउनु भयो ।

नीति तथा कार्यक्रममा रासायनिक मलको सुनिश्चित गरिने उल्लेख भए पनि वर्तमान सरकारले एक दाना मल पनि ल्याउन नसकेको आरोप लगाउनु भयो ।