अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ने

मुगुमा आइतबारदेखि यार्सा संकलन खुल्ने


मुगु – मुगूम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि आइतबारदेखि प्रवेश खुल्ला गरिने भएको छ ।

गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका का लागि खुल्ला गर्न लागिएको हो ।

गाउँपालिकाको वडा-२ मा पर्ने विभिन्न पार्टन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा यार्सागुम्बा पाइने गरेको छ ।

वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले शुल्क लिने र शुल्क बुझाएका संकलकले १५ गते बिहान प्रवेश गर्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले जानकारी दिनु भयो ।

यार्सा संकलन गर्न जानेले मुगुका बासिन्दाले २ हजार र बाहिरी जिल्लाकाले २ हजार ५०० शुल्क तिर्नु पर्ने उहाँले बताउनु भयो ।