रौतहट – रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठै जना उम्मेदवार नेकपा एमालेका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।
मौलापुर नगरपालिका वडा-२ कि अनिता देवी राम, वडा-४ कि शान्ति पासवान तथा बुधिया देवी, वडा- ६ कि प्रतिमा देवी र वडा-९ कि आशा देवीको उम्मेदवारी परेको थियो ।
दलित तथा अल्पसङ्ख्यकबाट वडा-१ का वैजनाथ साह कलवार, वडा-६ का चन्देश्वर बैठा र वडा-५ का सुनिल कुमार साह कानुले उम्मेदवारी दिएका थिए । सबै सदस्य सर्वसम्मत भएका छन् ।





प्रतिक्रिया