अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी आर्थिक वर्षको बजेट आज संसदमा पेश गरिदै

आगामी आर्थिक वर्षको बजेट आज संसदमा पेश गरिदै


काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।