अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले प्रदेशगत रुपमा जनप्रतिनिधीहरुलाई तालिम दिने

सरकारले प्रदेशगत रुपमा जनप्रतिनिधीहरुलाई तालिम दिने

प्रदेश नं १ र सुदुरपश्चिम जेठ २५ र २६,मधेस,गण्डकी र कर्णाली २७ र २८ लुम्बिनी र बागमती ३० र ३१ गते


काठमाडौं -सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको छ। स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि ९प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष० लाई तालिम दिन लागिएको मन्त्रालय स्रोतले जनाएको छ।

जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिम गर्न लागिएको छ।
मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ तथा बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ मा जनप्रतिनिधिलाई तालिम दिने सरकारको तयारी छ।

यसैबीच राजनीतिक दलहरूले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने भएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेका छन्।